झापाको बिर्तामोडमा दोस्रो ‘हेल्थ टुरिजम मार्ट’ असार १४ गते आयोजना हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड, असार २: झापाको बिर्तामोडमा आगामी असार १४ गते “दोस्रो हेल्थ टुरिजम मार्ट २०८२” आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नाट्टा कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सह–आयोजनामा यो मार्ट बिर्तामोडमा सञ्चालन गरिनेछ।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक शेखर ढकालले नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगति तथा भारत, भुटान लगायतका मुलुकहरूसँगको भौगोलिक पहुँचलाई मध्यनजर गर्दै स्वास्थ्यलाई पर्यटनसँग जोड्न स्वास्थ्य पर्यटन मार्ट आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

मार्टको उद्देश्य र सहभागिता:
मार्टमा कोशी प्रदेशभित्रका विशेषगरी झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, साथै पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरूको सहभागिता रहने नाटा कोशी प्रदेशका पूर्वअध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो। गत वर्ष आयोजना गरिएको स्वास्थ्य पर्यटन मार्टमा ७० वटा स्टल रहेका थिए।

श्रेष्ठका अनुसार, आँखासँगै क्यान्सर रोगको उपचारका लागि झापामा भारत र भुटानबाट बिरामीहरू सेवा लिन आउने गरेका छन्। अस्पतालहरूसँग सहकार्यमा उपचारपछि यहाँका पर्यटकीय गन्तव्यहरूमा उनीहरूलाई पुर्‍याएर पर्यटन प्रवर्धनमा थप टेवा पु¥याउन सकिने उहाँको भनाइ छ। गतवर्ष आयोजित स्वास्थ्य पर्यटन मार्टले प्रत्यक्ष परोक्ष रूपमा यहाँको स्वास्थ्य क्षेत्र र पर्यटनको प्रवर्धनमा मद्दत मिलेको श्रेष्ठले बताउनुभयो।

पर्यटन वर्ष २०८२ को प्रचार:
पत्रकार सम्मेलनमा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले भारतको पश्चिम बङ्गाल, बिहार राज्य सँगै भुटान र बङ्गलादेशका निम्नमध्यम परिवारका बिरामीहरू उपचारका लागि झापा आउने गरेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले यहाँको स्वास्थ्य क्षेत्रका साथै पर्यटनको पनि प्रवर्धन गर्न मद्दत मिल्ने बताउनुभयो। कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको सन्दर्भमा सोको प्रचारका लागि पनि यस्ता कार्यक्रममा यहाँका पर्यटकको गन्तव्यहरूको व्यापक प्रचार गर्न जरुरी रहेको उहाँले बताउनुभयो।

हेल्थ टुरिजम मार्टमार्फत नेपालका स्थानीय बासिन्दा मात्र नभई, छिमेकी राष्ट्रका नागरिकहरूलाई पनि गुणस्तरीय सेवा तथा उपचारको जानकारी र सहज पहुँच दिन सकिने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख उद्देश्यहरू:

  • स्वास्थ्य सेवा र पर्यटन व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्नु।
  • अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूबीच नेटवर्क निर्माण गर्ने।
  • नेपालका गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने।
  • छिमेकी मुलुकहरू (भारत, बंगलादेश, भुटान आदि) का नागरिकहरूलाई नेपालमा उपचारका लागि आकर्षित गर्ने।
  • पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रूपमा परिचय गराउनु।
  • बिर्तामोड लगायत झापा, मोरङ, सुनसरी क्षेत्रका स्वास्थ्य पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने।
  • स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण र सहकार्यका लागि आधार तयार गर्न।
  • स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यको सम्भावना प्रस्तुत गर्ने।
  • सामुदायिक स्वास्थ्य सचेतना र प्रविधिमैत्री उपचार प्रवर्द्धन गर्नु।
  • निःशुल्क स्वास्थ्य परामर्श, जानकारीमूलक स्टल, स्वास्थ्य चेकजस्ता गतिविधिहरू समावेश गर्ने।

कार्यक्रमको महत्त्व:

  • स्वास्थ्य र पर्यटनको एकीकरण: मार्टले नेपालमा पहिलोपटक स्वास्थ्य र पर्यटन क्षेत्रलाई एउटै मञ्चमा ल्याएर दिगो विकासको सम्भावना देखाउँछ।
  • सीमापार स्वास्थ्य पर्यटनको ढोका: भौगोलिक रूपमा भारत र बंगलादेशसँग नजिक भएकाले हेल्थ टुरिजमले सीमा पार सेवामा उल्लेखनीय वृद्धि गर्न सक्छ।
  • स्थानीय अर्थतन्त्रमा योगदान: स्वदेशी तथा विदेशी पर्यटकको आगमनले होटल, यातायात, रेष्टुरेन्ट, उपचार केन्द्रलगायतका क्षेत्रहरूमा रोजगारी र आय आर्जन बढाउँछ।
  • देशको साख वृद्धिमा टेवा: नेपाल अन्तर्राष्ट्रिय स्तरमा सस्तो, भरपर्दो र मानवता आधारित स्वास्थ्य सेवा प्रदान गर्ने मुलुकका रूपमा स्थापित हुन सक्छ।
  • शैक्षिक र विज्ञ आदान-प्रदानको अवसर: कार्यक्रममार्फत स्वास्थ्य पेशेवर, अनुसन्धानकर्ता, र विद्यार्थीहरूले पनि अनुभव र ज्ञान आदान-प्रदान गर्न सक्नेछन्।

पत्रकार सम्मेलनमा नाटाका महासचिव नवीन खरेल, होटल व्यवसाय संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन होटल व्यवसाय संघ झापाका महासचिव शिवराज पौडेलले गर्नुभएको थियो। मार्टमा सञ्चारकर्मी, हेल्थ टुरिजम विज्ञ तथा योजनाकार, बिर्तामोड नगर प्रतिनिधि, हेल्थ तथा टुरिजम क्षेत्रमा संलग्न व्यवसायी लगायतले सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.