भारतमा कोशी प्रदेशको पर्यटन प्रचार गरेर फर्कियो टोली

A notice in Nepali from Mechinagar Ward No. 10

कोशी प्रदेशका प्रमुख  पर्यटन स्थलहरूको प्रचार गर्ने उदेश्यले भारतको तिन वटा प्रान्तमा पुगेको नेपाल टुरिजम बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा ) कोशी प्रदेशसहितको टोली नेपाल फर्किएको छ ।
भारतको पश्चिम बंगाल, असाम र मेघालयको प्रमुख शहरहरू सिलिगुडी, गुवाहाटी र सिलोङमा कार्यक्रम सम्पन्न गरेर  आज  (आइतबार) नेपाल आइपुगेको हो ।

गत जेठ ८ गते भारत तर्फ लागेको १५ सदस्य टोलीले त्यहाँका सरकारी पर्यटन मन्त्रालय, ट्राभल्स व्यवसायी, प्राध्यापकहरू, होटल व्यवसायी लगायत सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई  भेटेर नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी र भ्रमणको लागि निमन्त्रणा गरिएको नाट्टाका अध्यक्ष तथा कार्यक्रमका संयोजक उदय श्रेष्ठले जानकारी दिए । उनले भने ‘कोशी प्रदेश पर्यटन क्षेत्रमा अथाह सम्भावना र आर्थिक उन्नति आधार भएपछि नेपाल सरकारले पर्यटन क्षेत्रको प्रचार र प्रर्वद्धनमा उचित ध्यान दिन सकेको थिएन,  नेपाल टुरिजम बोर्डले यस अघि भारतका अन्य स्थानमा यस्ता कार्यक्रम गर्दै आएको थियो तर ति कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रचारमा खासै टेवा पुग्न सकेको थिएन यस पटक टुरिजम बोर्डले कोशी प्रदेशको पर्यटन क्षेत्रलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेकोले कोशी प्रदेशका पर्यटन व्यवसायीहरूमा हौसला मिलेको छ ।  कोशी प्रदेशको पर्यटनलाई राज्यले प्राथमिकतामा राखेर यसैगरी छिमेकी राष्ट्र भारतमा प्रचार प्रसारमा  निरन्तर ध्यान दिने हो भने कोशी प्रदेश को  आर्थिक समृद्धि मुख्य आधार पर्यटन क्षेत्र बन्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.