आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढ्दे भन्दै विज्ञहरूले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा मुटुका रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ: आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।

विज्ञहरूले पश्चिमी वायुको प्रभावले तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्नुका साथै मौसमी उतारचढाव देखिएको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए।

उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै उनले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए।

पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुवाँलो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको उनले बताए।

त्यस्तै, उनले मर्निङ वाकमा नजाने, सकेसम्म कोठामै योगाभ्यास गर्नुपर्ने बताए। फोक्सोको क्यान्सरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरूमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने उनले बताए।

जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए। उनले हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदूषणमा पर्ने बताए।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताए। उनले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उनको भनाइ थियो।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने उनको भनाइ छ। गत वर्ष यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उनले बताए।

त्यस्तै, मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लाहरूमा चिसोका कारण बिरामीहरू बढेको र आगामी दिनमा काठमाडौँसहित पहाडी जिल्लाहरूमा समेत यसको प्रभाव देखिने उनले बताए।

डा. उप्रेतीले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने, घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरैबेर नभिज्ने, बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.