१४ असार, झापा : झापा जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।


























