मधेसमा भीषण वर्षाको रेकर्ड: रौतहटमा २४ घन्टामा ३३८ मि.मी. पानी, उपत्यकामा वर्षा थामियो

A notice in Nepali from Mechinagar Ward No. 10

लामो समयसम्म खडेरी व्यहोरेको मधेस प्रदेशमा मनसुनको उत्तरार्द्धमा भीषण वर्षा भएको छ, जबकि जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरैजसो जिल्लामा ठूलो पानी पर्न रोकिएको बताएको छ। पछिल्लो २४ घण्टामा मधेसमा अति भारी वर्षा मापन भएको छ, जसअनुसार रौतहटको महेशपुरमा ३३८.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन यो अवधिमा देशभरिकै सबैभन्दा बढी हो। विभागका मेटेरियोलोजिस्ट सुदर्शन हुमागाईंले मधेसमा यसअघि पनि यत्तिकै अनुपातमा पानी पर्ने गरेको बताए पनि यसबारे अध्ययन भइरहेको जनाएका छन्। असार र साउनको मध्यसम्म पानी नपरेर रोपाइँ हुन नसकेको र वीरगञ्जमा खानेपानीको हाहाकार भएको मधेसमा भएको यो भीषण वर्षाले बारा, पर्सा, रौतहट, सर्लाही र धनुषामा उल्लेख्य राहत मिलेको छ।

पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार, सबैभन्दा बढी पानी पर्ने दोस्रो स्थानमा इलाम रहेको छ, जहाँ हिमाली गाउँ केन्द्रमा ३३४.२ मिलिमिटर वर्षा मापन भएको छ। रौतहटकै गौरमा ३०७.६ मिलिमिटर, गरूडामा २९३.६ मिलिमिटर र इलाम टि–इस्टेटमा २८९.८ मिलिमिटर वर्षा भएको छ। यस्तै, पर्साको वीरगञ्जमा २६६.६, बाराको कलैयामा २५७.४, झापाको बाहुनडाँगीमा २४५.८, मोरङको हरैँचामा २४४.४, धनुषाको तुलशीमा २३५.६ र सर्लाहीको मनुस्मारामा २२४.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

यसैबीच, काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि ठूलो पानी पर्न रोकिएको छ, यद्यपि काठमाडौंका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर मापन भएको छ। शुक्रबारदेखि शनिबार साँझसम्म लगातार वर्षा भए पनि काठमाडौंमा भने अति भारी वर्षा हुन पाएन। उपत्यकामा गत २४ घण्टामा ललितपुरको लेलेमा १६९.२ मिलिमिटर र काठमाडौंको सुन्दरीजलमा १५०.२ मिलिमिटर वर्षा मापन भएको थियो। अहिले पनि काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै-कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.