१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

पत्रकार पदम गौतमको उपन्यास ‘विश्रामपुर’ लोकार्पण

सेयर:

काठमाडौँ । पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’ ।

यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित छन् ।
राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो – ‘विश्रामपुर’ । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन । आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखी यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछी पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण हो – ‘विश्रामपुर’ ।

उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक भन्नुहुन्छ – ‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक । पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।’

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।