१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संवैधानिक इजलास गठनसम्बन्धी नियमावली नै संशोधन गर्ने तयारी

सेयर:

१८ जेठ, काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीबीचको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन गरेर संवैधानिक परिषद् गठन गर्ने समझदारी बनेको छ ।

मंगलबार प्रधानन्यायाधीश जबरा र एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतका पदाधिकारीबीचको छलफलबाट उक्त निष्कर्ष निस्किएको हो ।

प्रधानन्यायाधीशलाई भेटेर फर्किएपछि पत्रकारहरूलाई जानकारी दिँदै वरिष्ठ अधिवक्ता शाक्ले संवैधानिक इजलास गठनलाई कसरी विवादरहित बनाउने भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले स‌ंवैधानिक इजलास गठनसम्बन्धी नियमावली-२०७२ मै संशोधन गर्ने कुरामा छलफल भएको जानकारी दिनु भयो । आगामी दिनमा पनि संवैधानिक इजलास गठन गर्दा वरिष्ठताका आधारमा गर्नेगरी नियमावली संशोधन गर्ने समझदारी छलफलमा भएको उहाँको भनाइ थियो । ‘प्रधान्यायाधीशज्यूसँगको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन गरेर संवैधानिक परिषद् गठन गर्ने सहमति भएको छ । नियमावलीलमा वरिष्ठताका आधारमा न्यायाधीश बस्ने व्यवस्था गर्ने र कुनै न्यायाधीश बस्न नमिल्ने भएमा जानकारी गराएर त्यसपछिको न्यायाधीश बस्ने व्यवस्था राख्ने कुरा भएको छ,’ उहाँले भन्नु भयो ।

उक्त नियमावली सर्वोच्च अदालतको फूल कोर्टबाट स्वीकृत गरेर न्याय परिषद्बाट पारित गरिने पनि शाक्यले बताउनु भयो। नियमावली संशोधन प्रक्रिया १ हप्ताभित्रै सक्ने गरी तयारी थालिने उहाँको भनाइ छ ।

यसअघि न्याय परिषद्ले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरूको नामसहितको रोस्टर तयार पार्थ्यो । रोस्टरमा भएका प्रधानन्यायाधीशले आफ्नो तजबिजी अधिकार प्रयोग गरी न्यायाधीशलाई संवैधानिक इजलासमा राख्ने गर्थे । प्रधानन्यायाधीशले पछिल्लो पटक वरिष्ठताका आधारलाई पन्छ्याएर न्यायाधीश इजलासमा राखेको भन्दै प्रश्न उठिरहेको हो ।

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्ष, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई (विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना भएको छ भने हरिकृष्ण कार्की बस्न नमिल्ने, यसअघि प्रधानमन्त्री ओलीको महान्यायाधीवक्ता भएकाले) रहनेछन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजकुमार केसी र बमकुमार श्रेष्ठलाई राखिएको भने रिट निवेदकका तर्फका वकिलहरूले प्रश्न उठाएका छन् । नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरेकाले केसी र श्रेष्ठ अहिलेको इजलासमा बस्न नहुने उनीहरुको तर्क रहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोक्नु भएको हो ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।