१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एसईईकाे आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गरिने

सेयर:

३० जेठ, काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेकाे र दुई दिन भित्रमा सार्वजनिक गर्ने जनाएकाे हाे।

‘कसरी एसईईको लागि आन्तरिक मूल्यांकन गर्ने भन्ने कार्यविधि बनिसकेको छ,’ बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नु भयो,‘दुई दिन भित्रमा सार्वजनिक गर्छौ, त्यही आधारमा परीक्षार्थीले नम्बर पाउने छन्।’

वहाँले गत वर्षको भन्दा यसवर्ष फरक कार्यविधि बन्ने पनि बताउनु भयो। जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर,कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो।

अहिले सम्म पनि कोरोना संक्रमणको जोखिम कायमै भएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डका अनुसार करिब पाँच लाख विद्यार्थीको आन्तरिक मूल्यांकन गरिँदैछ।

काेभिड-१९ ले गर्दा २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो। यसको लागि स्कुलले जिम्मा पाएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।