१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एमसिसीबारे शीर्ष नेताबीच बालुवाटारमा छलफल

सेयर:

२३ माघ, काठमाडौँ : अमेरिकी सहयाेग परियाेजना एमसिसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबी बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पाेखरेल पनि सहभागी रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

त्यसअघि आइतबार बिहान देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो। देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसिसीबारे छलफल भएको थियो। प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी माघ २६ गते बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल गर्न जोड दिएका थिए।

देउवासँगको छलफलमा प्रचण्डले प्रमुख प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्दा उपयुक्त हुने धारणा राखेपछि देउवाले तत्काल ओलीलाई फोन गरेर बालुवाटारमा छलफलका लागि बोलाएका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।