प्रतिनिधि सभा पुर्नस्थापना मागको सबै रिट निवेदन संवैधानिक इजलासमा

A notice in Nepali from Mechinagar Ward No. 10

बिहीबार , ९ पौष, २०७७  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन  गरेपछि प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । यसअघि संवैधानिक इजलासमा सुनुवाइ हुने गरी एक मात्र रिटको पेसी तोकिएको थियो ।

सर्वाेच्च अदालतमा दर्ता भएका कुल १३ मध्ये १२ रिटलाई नियमित इजलासमा तोकिएको थियो तर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधान व्याख्यासँग सम्बन्धित विषय रहेको भन्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । अब शुक्रबारदेखि संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।
प्रधानन्यायाधीशको एकल इजलासको आदेशमा भनिएको छ, “निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६(१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू ।”

प्रारम्भिक सुनुवाइमा निवेदकहरूले भने पुनस्र्थापनाको पक्षमा अन्तरिम आदेश माग गरेका थिए । यस्तै तत्काल अल्पकालीन आदेश गरेर मुद्दालाई विशेष इजलासमा पठाउन पनि माग गरेका थिए । तर, प्रधानन्यायाधीशको इजलासले संविधान व्याख्यासँग जोडिएको विषय भएको भन्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाएको हो । अब विवादसँग सम्बन्धित १३ वटै रिट संवैधानिक इजलासमा एकै चोटि सुनुवाइ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.