रुकुम पूर्व-१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित: लगातार पाँचौँ पटक संसदको यात्रा तय

A notice in Nepali from Mechinagar Ward No. 10

रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भर्खरै सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार प्रचण्डले ११ हजार २ सय ८२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो। यो जितसँगै उहाँ लगातार पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रचण्डका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लिलामणी गौतमले ३ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ। प्रचण्ड र गौतमबीचको मतान्तर ७ हजार ३ सय ४९ रहेको छ।

रुकुम पूर्व–१ को अन्तिम मतपरिणाम:

उम्मेदवारराजनीतिक दलप्राप्त मतकैफियत
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेपाली कम्युनिष्ट पार्टी११,२८२निर्वाचित
लिलामणी गौतमनेकपा (एमाले)३,९३३पराजित
कुसुम देवी थापानेपाली कांग्रेस३,२८०पराजित
लखनकुमार थापारास्वपा७९१पराजित
सन्दिप पुनप्रगतिशील लोकतान्त्रिक पार्टी२०१पराजित

रोचक पक्ष के छ भने, यस क्षेत्रमा रास्वपाका उम्मेदवार लखनकुमार थापाले १ हजार मत पनि कटाउन सक्नुभएन भने रोषण शाह (राप्रपा) ले ७३ मत मात्र प्राप्त गर्नुभयो। रुकुम पूर्वले आफ्नो ‘कम्युनिष्ट किल्ला’ को छवि जोगाउँदै पुनः प्रचण्डलाई भारी जनमत दिएको छ। २०७९ मा यहाँबाट माओवादीका पूर्ण बहादुर घर्ती मगर विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.