उदयपुरको बेलका नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप ,१६ जना घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गाउँले र प्रहरीबीच झडप हुँदा १६ जना घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ३ र ९ लगायतका वासिन्दालाई बिचल्ली बनाउने गरी मेयर दुर्गाकुमार थापाले कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै स्थानीय वासिन्दा नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । गाउँलेले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

डीएसपी गौतमका अनुसार प्रदर्शनकारीले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

झडपमा सशस्त्र प्रहरीका २, नेपाल प्रहरीका ४ जना गरी ६ जना प्रहरी घाइते भएका छन् । त्यस्तै १० जना गाउँले पनि घाइते भएका छन् ।

घाइते प्रहरीको सदरमुकाम गाईघाटमा उपचार भइरहेको डीएसपी गौतमले जानकारी दिए । प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन् ।

नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईं, माओवादी केन्द्रका अध्यक्ष मनोज तामाङ, जनता समाजवादीका अध्यक्ष सुरेन्द्र राई, राप्रपा अध्यक्ष टिकाराम शर्मा र नेकपा नगर सचिव सुकदेव चौधरीले प्रहरीले बल प्रयोग गरेको भन्दै विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

उनीहरुले घाइते सबैको उपचार र गिरफ्तार गरिएकाहरुको शीघ्र रिहाइको माग गरेका छन् । समस्या समाधानका लागि नगरपालिकाले तत्कालै वार्ताको वातावरण बनाउनु पर्ने अन्यथा थप आन्दोलन हुनसक्ने उनीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.