नेपाली कांग्रेसको महत्त्वपूर्ण निर्णय: क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गतेसम्म अन्तिम पटकका लागि थप

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय थप गर्ने निर्णय गरेको हो।

कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ। विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको गुनासो र जानकारी प्राप्त भएकाले यो अन्तिम मौका प्रदान गरिएको कावा मुख्यसचिव दुलालले प्रस्ट पारे। कांग्रेसले निर्धारित अवधिभित्र आ-आफ्नो सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न मातहतका सबै कमिटी र सम्बन्धित नेता-कार्यकर्ताहरूलाई अनुरोध समेत गरेको छ। यो समयसीमा पछि पुनः म्याद थप नहुने भएकाले तोकिएकै समयभित्र प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.