वीपी प्रतिष्ठान आन्दोलन प्रकरण : उपकुलपतिद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

धरान । धरानस्थित वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ताका लागि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आग्रह गरेका छन्।

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो। विज्ञप्तिमा उपकुलपति प्रा.डा. गिरीले मंगलबारका लागि राखिएको वार्ताका क्रममा आफूले कसैलाई दुर्व्यवहार नगरेको बताएका छन्।

उपकुलपति, रजिस्टारसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले कार्यकक्षमा तालाबन्दी गरेसँगै उपकुलपति गिरीले वार्ताको आह्वान गरेका हुन्।

प्रतिष्ठानको जिम्मेवारीवहन गरेको १५ महिनाको सयममा कमि कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन्।

उपकुलपति गिरीले अनियमितताविरुद्ध फरक मत राख्दै आएका चिकित्सकलाई प्रष्टिकरण सोधेपछि प्रतिष्ठानमा आन्दोलन सुरु भएको हो।

प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्ड पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने आन्दोलनकारीको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.