‘निलो क्रान्ति’ धेरै समय टिक्दैन, देशका लागि ‘हरित क्रान्ति’ नै अन्तिम विकल्प: कुलमान घिसिङ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने टिप्पणी गर्नुभएको छ। देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रिन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उहाँको दाबी छ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताउनुभयो। विगतको १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति र रास्वपाको अभियानलाई निलो क्रान्ति भन्न सकिने उल्लेख गर्दै उहाँले ती क्रान्तिहरू दिगो नहुने र हरित क्रान्तिले मात्र नेपाललाई दिगो रूपमा संस्थागत गर्ने प्रस्ट पार्नुभयो। उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको बताउँदै उहाँले पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने तर्क गर्नुभयो।

हरित क्रान्तिको व्याख्या गर्दै अध्यक्ष घिसिङले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताउनुभयो। सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उहाँको भनाइ थियो। हालै सार्वजनिक भएको सरकारको बजेतमा हरित हाइड्रोजन र हरित युरिया सम्बन्धी विषय समेटिएकोमा धन्यवाद दिँदै उहाँले यी विषयहरू आफ्नो पार्टीले पहिले नै घोषणापत्रमा समावेश गरिसकेको दाबी समेत गर्नुभयो। नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि अब आवश्यक हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले नै गर्ने दृढता उहाँले व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.