जाडोका कारण इटहरीका विद्यालय तीन दिन बन्द हुने

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिन बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ३, ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

शैक्षिक प्रशासन शाखा अधिकृत दोर्ण दाहालद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन माघ ३ गतेदेखि छ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.