आज एकै दिन धान्यपूर्णिमा, यो:मरी पुन्ही, उधौली र ल्होसार मनाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा ,पुस १५  । आज  विभिन्न जातजातिहरुले देश भित्र  र विदेशमा आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार चाड मनाउँदै छन्। आज एकै दिन धान्यपूर्णिमा, योस्मरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइदै छ।

उधौली पर्व 

राई, लिम्बुसहितका किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका यो पर्व मनाइन्छ।किराँतभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा यो पर्वलाई उधौलीका नामले चिनिने किराँत संस्कृतिका जानकारुहरु बताउँछन्।

अन्नबाली भित्र्याएपछि आफ्ना इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नामको नाममा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ।

आज जातीय वेषभूषामा सजिएका किराँत समुदायका महिला पुरुषले च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै रमाइलो गर्ने परंपरा छ।

यो:मरी पुन्ही

नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योस्मरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योस्मरी पूर्णिमालाई योस्मरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।

योस्मरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ र घरमा लिपपोत गरी योस्मरी पकाउने चलन छ । योस्मरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योस्मरी पूर्णिमा मनाउँछन् ।

गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योस्मरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।

 

धान्यपूर्णिमा पर्व

मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कूलदेवताको पूजा आराधना गरी धान्यपूर्णिमा पर्व मनाउँछन् ।

तमु  ल्होसार

​गुरुङ समुदायले आज ल्होसार मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.