धरानमा आज क्रिष्टमस डे को सार्वजनिक बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

 

धरान । धरान उपमहानगरपालिकाले २५ डिसेम्बर अर्थात् क्रिष्टमस डे को अवसरमा आज शुक्रवार सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।

हिजो बिहीबार बसेको कार्यपालिकाको बैठकले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ (ख्रीष्टमस) को अवसरमा बिदा दिने निर्णय भएको विज्ञप्ति मार्फत जनाइएकोथियो ।

 

वडाहरूबाट सुझाव पनि मागेर धरानमा इसाई धर्मावलम्बीहरूको बाहुल्यता तथा बसोबास पनि भएकोले कार्यपालिकामा छलफल गर्दा स्थानीय बिदाको रूपमा क्रिष्टमस डेमा सार्वजनिक बिदा दिने निर्णय भएको मेयर तिलक राईले जानकारी दिँदै एकमुष्ट रूपमा उनले इसाई धर्मावलम्बीहरूलाई शुभकामना पनि दिए ।

धरान ख्रिष्टियन समाजका अनुसार धरानमा ७३ वटा प्रार्थना गर्ने मण्डलीहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.