महाशिवरात्री पर्वमा झापाको अर्जुनधारा धाममा ताण्डव नृत्य प्रतियोगिता हुने

A notice in Nepali from Mechinagar Ward No. 10

झापा – झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्री पर्वमा ताण्डव नृत्य तथा शिव भजन गायन प्रतियोगिता हुने भएको छ।

यही फागुन २७ गते परेको महाशिवरात्री पर्वका अवसरमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा-७ मा रहेको अर्जुनधारा जलेश्वर धाममा उक्त प्रतियोगिताको आयोजना गरिएको हो।

‘एक साँझ शिवका माझ’ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमहरु सञ्चालन हुने धाम व्यवस्थापन समितिले जनाएको छ।

कार्यक्रम अन्तर्गत २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृंगार, आरतीलगायत हुने बताइएको छ।

साथै, सोही दिन सन्ध्याकालिन विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रदेश नं. १ स्तरीय एकल ताण्डव नृत्य र एकल शिव भजन गायन प्रतियोगिता आयोजना हुने धाम समितिका अध्यक्ष नविनकुमार गट्टानीले बताए।

भगवान शिवलाई प्रसन्न गराउन र पहिलो नृत्यको रुपमा मानिएको ताण्डव नृत्यको महत्वबारे सबैलाई बुझाउन उक्त प्रतियोगिता प्रदेशमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष गट्टानीले बताए।

एकल ताण्डव नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही पाँच हजार प्रदान गरिने सांस्कृतिक कार्यक्रमका संयोजक देवीभक्त श्रेष्ठले जानकारी दिए।

संयोजक श्रेष्ठका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही दुई हजार प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.