आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर ।  हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।

विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । ‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । नारीसँगको सम्बन्धका कारण सेना कमजोर हुने भन्दै सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए ।

तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.