पाैष ३,भद्रपुर।नेपाली सेनाको भद्रपुर झापा राष्ट्रिय सेवा दल सि स ४९ जुनियर डिभिजन (एनसिसी )तालिम समापन भएको छ ।
झापा भद्रपुरको इस्ट पोइन्ट अङ्ग्रेजी विद्यालयमा आज(मङ्गलबार) एक कार्यक्रमबिच तालिम समापन भएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक एवम् समाजसेवी राजेन्द्र घिमिरेले विद्यालयका तर्फबाट ३६ जना छात्रछात्रा सहभागी भएको र यसले सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बन्न सहयोग पुर्याउने बारे आफ्नो मन्तव्य राख्नुभयो।

कार्यक्रममा एनसिसिका छात्रछात्राहरुले आफ्नो कला कौशल प्रस्तुत गर्नुका साथै विद्यालयला ससना विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रारम्भिक चरणमा विद्यालयका ३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम भद्रपुरमै सञ्चालन भएको र अब २१ दिनको वार्षिक सामूहिक क्याम्प मोरङको याङ्शिलामा सञ्चालन हुने प्रशिक्षक श्याम चौधरीले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल,विशेष अतिथिमा उपप्रमुख राधा कार्की लगायत अन्य विभिन्न सङ्घ संस्थाका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
इस्ट पोइन्टका शिक्षक विकास तिम्सिना,छात्रद्व्य गुञ्जना वन र दिपिका नेपालको सञ्चालन रहेको सो कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रधानाध्यापक विनय टोप्पोले गर्नुभएको थियो।

























