कोरोना विरुद्धको खोप लगाउन माग गर्दै झापामा सडक निर्माण बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

सुरुङ्गा। झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूरले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै आजदेखि सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिएको छ ।

खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा पेश गरिएको जनाइएको छ ।

सो सडक खण्डको निर्माणमा १ सय ३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना शिलान्यास भएको उक्त सडकको लम्बाइ सुरुङ्गादेखि भारतको सीमा नाका सम्म २४ किलोमिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.