मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.