सुरक्षाकर्मी भन्छन हाम्रा पछाडी सिङ्गो समाज छ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २२ बैशाख | पछिल्लो समय विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिन होस या वैवाहिक वर्षगाठ विभिन्न रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामूदायिक भवनमा निक्कै तामझामका साथ मनाउने प्रचलन बढ्दै गएको छ । कतिले यसलाई फजुल खर्च भन्दैं टिप्पणी समेत गर्ने गरेका छन् भने धेरैले यसलाई मनोरञ्जनकारुपमा लिने गरेका छन् ।

तर, झापा मेचीनगरका व्यवसायी रवि नेपालले आफ्नो २५ औँ वैवाहिक वर्षगाठ फरक र उदाहरणिय शैलीमा सम्पन्न गरेका छन् । घेरैजना अब आफ्नो शुभ कार्य यसैगरी मनाउने टुङ्गोमा समेत पुगेका छन् ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका सचिव समेत रहेका नेपालले आफ्नो २५ औं वैवाहिक वर्षगाठ न त रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामूदायिक भवनमा नै मनाए न त निक्कै तामझामका साथ डान्स पाटीमा रमाए । आफ्नो २५ औं वैवाहिक वर्षगाठको अवसर पारेर श्रीमती विमला नेपालसहित रवि कोभिड १९ संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका लागि सुरक्षा सामाग्री लिएर मेची खोलाको किनार किनार पुगे । जहाँ सशस्त्र र नेपाल प्रहरी आफ्नो जिम्मेवार कुशलतापुर्वक निर्वाह गरिरहेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगी र प्रहरी चौकी बाहुनडाँगी पुगेर सुरक्षा निकायका दुवै तहलाई सुरक्षा सामग्री वितरण गरे । जस्ले गर्दा उनको तारीफ सवैले खुलेरै गरे । नेपाल दम्पतिले सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगी एकहजार थान मास्क, ५० थान सेनिटाइजर र २१ थान टर्चलाई तथा प्रहरी चौकी बाहुनडाँगीलाई दुइसय थान मास्क, १० थान सेनिटाइजर र ५ वटा टर्चलाईट वितरण गरेर आफ्नो २५ औं वैवाहिक वर्षगाठ मनाए । ‘ हामी हाम्रो २५ औँ वैवाहिक वर्षगाठ रेष्टुरेण्टदेखि सुविधा सम्पन्न होटल र सामूदायिक भवनमा नै मनाउ सक्थियौ ’ रविले भने— ‘कोभिड १९ को महामारीबाट कसरी बच्ने भन्ने चिन्ता छ सवैतिर । यसको नियन्त्रणमा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई बचाउन सकेमात्र सर्वसाधारण सुरक्षित हुन्छन भन्ने महशुस गरी फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गरेका हौ ।’ यो आफ्नो सानो कार्य मात्र भए पनि यसले ठूलो सन्देश दिने आफुले विश्वास लिएको नेपालको भनाई छ । नेपाल दम्पतिको यो कार्य देखेर अहिले धेरैले आफ्नो यस्ता शुभकार्यमा गरिने खर्च समाजिक काममा लगाउने प्रतिवद्घता व्यक्त गरेका छन् ।

‘उहाँको यो कार्यले हामीलाई काम गर्न उर्जा थपेको छ ’सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीष्म सापकोटाले भने—‘ कम से कम हाम्रा लागि थोरै भएपनि स्वास्थ्य सामग्री प्राप्त भएको छ । सामग्री थोरै भएपनि सन्देश भने धेरै गएको छ । हाम्रो कामको मुल्याङ्कन भएको छ । हाम्रा पछाडी सिङ्गो समाज रहेछ भन्ने बुझेका छौ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.