युरो कप: अपराजित बन्दै अन्तिम आठमा पुग्यो इटाली

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । इटाली युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१  को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। इटालीले राष्ट्रिय रेकर्ड समेत बनाएको छ ।

खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो। 

खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। 

इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए। 
अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो।
अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। 

अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो। 

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्‍याएको थियो। जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो।

यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो। इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हारेको थिएन। 

त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उसले सन् १९३६ को ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक हात पारेको थियो। 

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३१ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन। 

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २६ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ।
यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ।
इटालीले सन् २०२१ मा ९ खेल खेलेको छ।  इटालीले आठ खेलमा २६ गोल गरिसकेको छ।

अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ। दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्। 
यस्तै दोस्रो स्थानमा अब इटाली र अर्जेन्टिना छन्। अर्जेन्टिनाले सन् १९९१ देखि १९९३ को बीचमा ३१ खेलमा पराजय भोगेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.