एजेन्सी ।इङ्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे।
स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इङ्ल्याण्ड्ले खेलमा पहिले अग्रता लियो। खेलको ८६ मिनेटमा ह्यारी केनले इङ्ल्याण्डको अग्रता दोब्बर पारेका थिए। जर्मनीका तर्फबाट धेरै प्रयास भए पनि कुनै गोल हुन सकेन ।
अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ।
स्वीडेन विरुद्द उक्रेन
अतिरिक्त समयको अन्त्यतिर आर्टेम डोभबीकले गरेको गोलको मद्दतमा युक्रेन युरो २०२० को क्वाटर्रफाइनलमा प्रवेश गरेको छ।
बुधबार विहान सकिएको खेलमा युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो। खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए।
त्यसपछि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन। ९९ मिनेटमा डेनिलसन रातो कार्ड पाउँदै बाहिरिदा स्विडेन १० खेलाडीमा सीमित बन्यो।
अतिरिक्त समयको दोस्रो हाफमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको पहिलो मिनेटमा डिभबीले गोल गर्दा युक्रेनले रोमाञ्चक जित हात पार्यो।
अब सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

























