युरो कप:आज राती क्वाटर फाइनलका दुई खेल हुँदै ,चेकसँग डेनमार्क तथा इङ्ल्याण्डसँग युक्रेन भिड्ने

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । युरो २०२० अन्तर्गत आज राति दुई वटा क्वार्टरफाइनलका खेल हुँदैछन्। राति ९:४५ बजे चेक गणतन्त्र र डेनमार्कबीच बाकुमा खेल हुनेछ। 

चेकले अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। डेनमार्कले भने वेल्सलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। 

दोस्रो  खेलमा राति १२:४५ बजे इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। युक्रेनले स्विडेनलाई हराएर अन्तिम आठमा स्थान पक्का गर्‍यो। 
इंग्ल्यान्डले भने चिरप्रतिस्पर्धी जर्मनीलाई २-० ले पराजित गरेको थियो। यी दुई खेलको विजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

यसअघि शनिबार विहान इटालीले बेल्जियमलाई तथा स्पेनले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए। 

इटाली र स्पेनबीच अब सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.