एजेन्सी ।कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सकिएको खेलमा इक्वेडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।
अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे।
दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।
कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ।

























