कोपा अमेरिका:पेरुलाई हराउँदै ब्राजील फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरुलाई पराजित गर्दै ब्रजिल फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भइरहेको प्रतियोगितामा ब्रजिल १–० गोल अन्तरले विजयी भयो । ब्रजिलको जितमा लुकास पाक्युटाले विजयी गोल गरे ।

नेयमारको पासमा पाक्युटाले ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । संयमित खेलमा पेरुका २ तथा ब्रजिलका १ खेलाडीले पहेँलो कार्ड खाएका थिए । तर ब्रजिलले १२ तथा पेरुले १६ वटा फाउल गरेको थियो ।

खेलमा ब्रजिलले ५६ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । ८ वटा गोलका लागि प्रहार गरेकामा एउटामात्र गोल भएको हो । पेरुले भने केवल २ वटा गोलको प्रहार गरेको थियो ।

अर्को सेमिफाइनलमा बुधबार बिहान ६ः४५ बजे अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.