युरो कप: आजबाट सेमीफाइनलका खेलहरु शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् ।

नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ ।

क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाईनलमा पुगेका हुन् । युरोकप फुटबलको दोस्रो सेमिफाईनल खेलमा भोलि राती इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.