कोपा अमेरिका: अर्जेन्टिना र ब्राजील उपाधि लागि भिड्दै, दुवै देशको यस्तो छ खेल रेकर्ड

A notice in Nepali from Mechinagar Ward No. 10

फुटबलमा दक्षिणी अमेरिकी देश

वास्तवमा दक्षिणी अमेरिकामा रहेका देशहरु विश्वकपमा पनि बलियो उपस्थिति जनाउँदै आएका छन् । यस महादेशका ब्राजील ,अर्जेन्टिना मात्र होइनन् चिली,परागुवे,उरुग्वे,कोलम्बिया,पेरु,भेनाजुएला पनि उत्तिकै बलिया देशहरुमा पर्दछन् त्यसैले अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी हुने गरेको छ । हाल सञ्चालन हुँदै गरेको कोपा अमेरिका कपमा ब्राजिल र अर्जेन्टिना फाइनल पुगेका छन् ।दुवै देश उपाधिका लागि आगामी आइतबार बिहान पाउने ६ बजे भिड्दैछ्न् ।

अर्जेन्टिना र ब्राजीलको खेल रेकर्ड

ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्।
दुवै देशका समर्थक एकअर्काप्रति आक्रामक हुने गरेका छन्। यस्तै दुई देशका खेलाडीको तुलना गरेर समर्थकहरु कहिल्यै थाक्दैनन्।

सन् १९१४ यता दुई टिमबीच अहिलेसम्म १०५ आधिकारिक खेल भएका छन्। फिफाका अनुसार ब्राजिलले ४१ खेलमा जित हात पार्दा अर्जेन्टिना ३८ खेलमा विजयी भएको छ। २६ खेल बराबरीमा सकिएका छन्। अर्जेन्टिनाले ब्राजिलको पोस्टमा १६० गोल गरेको छ। यस्तै ब्राजिलले १६३ गोल विपक्षीको पोस्टमा छिराएको छ। 

विश्वकपमा अर्जेन्टिना र ब्राजीलको भेट

दुई टिमबीच विश्वकपको खेलमा चार खेल भएको छ। जसमा ब्राजिल २ खेलमा विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। अर्जेन्टिना भने एक खेलमा मात्र विजयी भएको छ। 

मैत्रीपूर्ण खेलको नतिजा

६० मैत्रीपूर्ण खेलमा ब्राजिल २५ खेलमा विजयी भएको भने अर्जेन्टिनाले २० खेलमा जित हात पारेको छ। १५ खेल बराबरीमा सकिएका छन्। 

कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलको खेल

कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच २९ खेल भएका छन्। जसमा अर्जेन्टिना १४ खेलमा विजयी हुँदा ब्राजिलले ९ खेलमा जित हात पारेको छ। ८ खेल भने बराबरीमा सकिएका छन्। 

ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएको छ। सन् १९३७ मा दक्षिण अमेरिका च्याम्पियनसिपको नाममा हुने फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई २-० ले हराएर उपाधि जितेको थियो। 

यस्तै सन् २००४ को कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना उपाधिका लागि भिडेका थिए। पेरूमा भएको उपाधि भिडन्तको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिल ४-२ गोलले विजयी भएको थियो। 

सन् २००७ को कोपा अमेरिकाको फाइनलमा पनि अर्जेन्टिना र ब्राजिलबीच नै भिडन्त भएको थियो। जसमा ब्राजिलले ३-० ले अर्जेन्टिनालाई स्तब्ध पार्दै उपाधि लगातार दोस्रो पटक उपाधि जितेको थियो। 

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगे पनि उपाधिविहीन बन्दै आएको छ। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो। 

अर्जेन्टिना त्यसअघि १९९३ को कोपाको फाइनलमा पुगेको थियो। फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २-१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

यो बीचमा अर्जेन्टिना एक पटक विश्वकपको फाइनलमा पुगे पनि पराजित भएको थियो। सन् २०१४ को उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो। 

ब्राजिलले सन् १९९७ यता पाँच पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २००४ र २००७ मा अर्जेन्टिनालाई हराएर उपाधि जितेको ब्राजिलले सन् १९९७ र १९९९ मा पनि उपाधि हात पारेको थियो। यस्तै ब्राजिल सन् २०१९ को पनि विजेता हो। 

ब्राजिलले यो बीचमा एक पटक विश्वकपको उपाधि जितेको छ। पाँचौ पटक विश्वकप जित्ने क्रममा ब्राजिलले सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई पराजित गरेको थियो। त्यसअघि ब्राजिलले सन् १९९४ मा चौथो पटक विश्वकप जितेको थियो। 

कोपा अमेरिकाको समग्र इतिहासमा अर्जेन्टिना अघि छ। अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। ब्राजिलले भने अहिलेसम्म ९ पटक कोपाको उपाधि जितेको छ। कोपा सर्वाधिक उपाधि जित्ने टिम भने उरूग्वे हो। उरूग्वे १५ पटक च्याम्पियन भएको छ। 

विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिलले पाँच पटक उपाधि जित्दा अर्जेन्टिना दुई पटक च्याम्पियन बनेको छ।
चौथो पटक उपाधि भिडन्त

कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल र अर्जेन्टिनाबीच फाइनलमा १४ वर्षपछि र समग्रमा चौथो पटक उपाधि भिडन्त हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.