आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10
मुम्बई इण्डियनसले रोयल राजस्थान  विरुद्दको खेलमा  ५७ रनको  जीत निकाल्दै ईन्डियन प्रीमियर लिग( आइपिएल)को शीर्ष पहिलो स्थानमा उक्लन सफल भएको छ। दुबई स्थित आबुधाबीमा रहेको शेख जायाद रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १९३ रन बनाएको थियो।मुम्बईका तर्फबाट सुर्यकुमार यादव अविजित रहदै ४७ बलमा ७९ रन हानेका थिए भने कप्तान रोहित शर्माले ३५,हार्दिक पाण्ड्या ३० र क्वीटन डि ककले २३ रन जोडेका थिए।जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १० विकेटको क्षतिमा १८ ओभर १ बल खेल्दै जम्मा १३६ रन मात्र बनाएको थियो। राजस्थानको तर्फबाट जोस बटलरले ४४ बल खेल्दै ७० रन बनाए भने अन्य ब्याट्सम्यान जम्न सकेनन् ।मुम्बई इन्डियनसको तर्फबाट कसिलो बलिङ गर्दै  जसप्रीत बुमराहले ४ विकेट लिए भने ट्रेण्ट बोल्टले २,जेम्स प्याटिन्सनले २, र राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिएका थिए ।खेलको म्यान अफ द म्याच  मुम्बई इण्डियनसका   सुर्य कुमार यादव घोषित भए  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.