आईपीएलका एक खेलाडीमाथि छानबिन सुरू

नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) का पदाधिकारीले यसपल्टको प्रतियोगितामा सहभागी एक खेलाडीमाथि छानबिन सुरु गरेको छ । यूएईमा भइरहेको प्रतियोगिताका क्रममा ती खेलाडीलाई सट्टेबाजले सम्पर्क गर्न खोजेको अनुमान गरिएको छ ।

भारतीय क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी एकाइका प्रमुख अजित सिंहले यसबारे पुष्टि गरेका छन्, तर उनले खेलाडी र तिनले खेल्ने फ्रान्चाइज टिमको नाम भने भनेको छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय कोही सट्टेबाजले सम्पर्क गर्न खोजेमा ती खेलाडीले तुरुन्तै यसबारे जानकारी दिनुपर्ने हुन्छ ।

जानकारी दिन असफल रहे प्रतिबन्ध सजायको भागीदार हुनुपर्नेछ । गत वर्ष बंगलादेशका कप्तान सकिब अल हसनलाई यस्तै आरोपमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । त्यसमध्ये एक वर्ष निलम्बनको स्थिति रहेको छ । उनले पनि सट्टेबाजको सम्पर्कमा आएयता त्यसबारे जानकारी दिएका थिएनन् । सन् २०१३ को आईपीएल संस्करण पनि खेल मिलेमतोको काण्डको कारण विवादमा फसेको थियो ।

यसैक्रममा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सलाई दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । आईपीएल यसअघि पनि खेल मिलेमतोको विवादमा फस्ने गरेको छ । सिंहले यसपल्टको प्रतियोगिता यूएईमा हुने र त्यस क्रममा कोरोना भाइरस संक्रमणलाई रोक्न कडा नियम पालन गरिने हुनाले सट्टेबाजलाई खेलाडीको सम्पर्कमा आउनबाट रोक्न गाह्रो हुने बताएका थिए ।

यसपल्टको प्रतियोगिता दुबई, अबुधाबी र शारजहाँ गरेर तीन सहरमा भइरहेको छ र खेलाडी कोभिड–१९ को संक्रमणबाट बच्नका लागि कडा नियमबाट गुज्रिरहेका छन् । भारतमा कोरोना भाइरस संक्रमणको महामारी रोकिने छाँट नदेखिएपछि पूरा प्रतियोगितालाई नै त्यहाँबाट यूएईमा सारिएको थियो ।

कोभिड–१९ को संक्रमणबाट बच्नका लागि यूएईको आफ्नै कडा नियम रहेको छ । भारतमा शनिबारसम्म संक्रमणबाट मर्नेको संख्या एक लाख पुगिसकेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.