मेस्सीलाई कोरोना, पीएसजीमा तय भएका खेलहरु गुमाउने

A notice in Nepali from Mechinagar Ward No. 10

एएफपी, पेरिस : विश्व चर्चित फुटवल खेलाडी लियोनल मेस्सीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अर्जेन्टीनाका खेलाडी मेस्सी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् ।

उनलाई संक्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ ।

संक्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन्।

उनीसँगै संक्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.