Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह खेलकुदनेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

नेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

काठमाडौं । नेपाल रग्बीले विश्व रग्बीको सदस्य प्राप्त गरेको छ । विश्व रग्बीको १८ अक्टोबर २०२० मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको नेपाल रग्बीले जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो ।

नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विज्ञिप्ति जारी गर्दै विश्व रग्बीको सदस्यता पाउनु नेपाल रग्बी खेलको विकासको लागि गरेको मेहनतको फल भनेका छन् । यो जिम्मेवारीलाई निर्वाह गर्न नेपाल रग्बी संघ तया रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु