कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

१७ मंसिर, एजेन्सी। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता (ओडीआई) मा सबैभन्दा छिटो १२ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।

अष्ट्रेलियाविरुद्ध ३ खेलको सिरिज अन्तर्गत तेस्रो खेलमा कोहलीले १२ हजार ओडीआई रन पूरा गरेका हुन् । क्यानवेरास्थित मानुका ओवल क्रिकेट स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाका सिन एबोटले बलिङ गरेको १३ औं ओभरको पहिलो बलमा १ रन लिंदै कोहली ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले १२ हजार रन बनाउन २४२ इनिङ्स मात्र खेल खेले ।

अष्ट्रेलियाविरुद्धको यो खेलमा ६३ रन बनाएर ३२ औं ओभरको अन्तिम बलमा कोहली आउट भए ।

खेल अगाडि कोहलीलाई १२ हजार रन पूरा गर्न मात्र २३ रनको आवश्यकता थियो । यसअघि भारतकै मास्टर ब्लास्टर सचिन तेन्दुलकरले ३०० औं इनिङ्समा ओडीआईमा १२ हजार रन बनाएका थिए ।

कोहलीले यसअघि पहिलो ओडीआईमा २१ र दोस्रो ओडीआईमा ८९ रन बनाएका थिए । कोहलीले २५१ औं ओडीआई म्याच खेल्ने क्रममा २४२ इनिङ्समा ब्याटिङ गर्दै सचिनको कीर्तिमान तोडेका हुन् ।

ओडीआईमा करिब ६० रनको औसतमा ब्याटिङ गर्ने कोहलीले ४३ शतक र ५९ अर्धशतक प्रहार गरिसकेका छन् ।

कोहली ओडीआईमा ८ हजार, ९ हजार, १० हजार र ११ हजार रन पनि छिटो पूरा गर्ने खेलाडी हुन् । उनले अब १३ हजार र १४ रन पनि छिटो बनाउने सम्भावना छ ।

ओडीआईमा छिटो १२ हजार रन बनाउने खेलाडी

विराट कोहली : २५१ म्याच (२४२ इनिङ्स)

सचिन तेन्दुलकर : ३०९ म्याच (३०० इनिङ्स)

रिकी पोन्टिङ : ३२३ म्याच (३१४ इनिङ्स)

कुमार सांगाकारा : ३५९ म्याच (३३६ इनिङ्स )

सनथ जयसूर्या : ३९० म्याच (३७९ इनिङ्स )

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.