काँकरभिट्टा । चेल्सीले शनिबार राति भएको खेलमा लिड्सलाई ३-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो।
चौथो मिनेटमा बामफोर्डले गोल गरेर लिड्सलाई अग्रता दिलाएका थिए ।
चेल्सीका लागि ओलिभर जिरुडले २७ मिनेटमा बराबरी गोल फर्काए । ६१ मिनेटमा जोउमाले दोस्रो गोल गर्दा पुलिसिकले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गरे ।
यता म्यानचेस्टर सिटीले फुलहमलाई २-० गोलले पराजित गर्यो। सिटीका लागि स्टर्लिङले पाँचौ मिनेटमा पहिलो गोल गर्दा केभिन डे ब्रुनाले २६ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए।
म्यानचेस्टर युनाइटेडले वेस्ट हमलाई ३-१ ले हरायो। वेस्ट हमले सोउचेकले ३८ मिनेटमा गरेको गोलबाट पहिलो हाफमा १-० को अग्रता लियो। दोस्रो हाफमा युनाइटेडले तीन गोल गर्यो।
सिटीका लागि पाउल पोग्बाले ६५, ग्रिनउडले ६८ र रास्फोडले ७८ मिनेटमा गोल गरेका थिए ।
अंक तालिकामा शीर्ष स्थानमा पुगेको चेल्सीले ११ खेलबाट २२ अंक जोडेको छ ।
एक खेल कम खेल्दा दोस्रो स्थानको टोटेनहम र तेस्रो स्थानको लिभरपुलको समान २१-२१ अंक छ ।
म्यानचेस्टर युनाइटेड १० खेलबाट १९ अंक जोडेर चौथो र सिटी १८ अंक जोडेर पाँचौ स्थानमा छन् ।