पीएसजीका लागि एमबाप्पेको एक सयौँ गोल

काँकरभिट्टा । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् ।

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए ।

मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं मिनेटमा कोलिन डाग्बाले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । डाग्बाको यो करियरको पहिलो गोल हो ।

४१औं मिनेटमा २२ वर्षीय इंग्लिस फरवार्ड स्टेफी मभिदीदीले मोन्टेपिलरको लागि बराबरी गोल फर्काए । तर ७७औं मिनेटमा युभेन्ट्सका पूर्व परवार्ड मोइस किनले गोल गर्दै पीएसजीलाई फेरि अग्रता दिलाए ।

२१ वर्षीय एमबाप्पेले इन्जुरी टाइमको पहिलो मिनेटमा ट्यापिङ गोल गर्दै पीएसजीको जित पक्का गरे । एमबाप्पे ७८औं मिनेटमा मोइसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

पीएसजीको इतिहासमा १ सय गोल गर्ने उनी पाँचौं खेलाडी बनेका छन् । यसअघि एडिनसन कभानी, ज्लाटन इब्राहिमोभिच, पाउलेटा र डोमिनिक रोचेटेउले सय गोल पूरा गरिसकेका छन् । कभानीले २००, इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र रोचेटेउले १०० गोल गरेका छन् ।

‘म केहि खेलयता गोल गर्न कुरिरहेको थिएँ । यो एक प्रकारको राहत महसुस भएको छ,’, एमबाप्पेले केनल प्लससँग भने, ‘जब मैले यहाँ सम्झौता गरेको थिएँ, मैले ३ गोल गर्नेबारे पनि सोचेको थिइन होला । एक सय भनेको धेरै हो ।’

एमबाप्पेले पछिल्लो तीन खेलमा गोल गर्न सकेका थिएनन् । नोभेम्बरमा आफ्नै पूर्व क्बल मोनाको विरुद्ध एमबाप्पेले दुई गोल गर्दै पीएसजीका लागि सबै खाले प्रतियोगितामा गरेर गोल संख्या ९९ पुर्‍याएका थिए ।

फ्रान्सका अन्तर्राट्रिय खेलाडी एमबाप्पेले पीएसजी आउनुअघि मोनाकोका लागि २७ गोल गरेका थिए । उनी १६५ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्ध भएका थिए ।

ब्राजिलियन फरवार्ड नेमारलाई आरम दिइएको खेलमा एमबाप्पे पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

प्रशिक्षक थोमस टुचालले च्याम्पियन्स लिग अन्तर्गत टर्किस क्लब इस्तानबुल बासाकसेयर विरुद्धको खेललाई मध्यनजर गर्द मुख्य खेलाडीलाई आरम दिएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.