मल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा आइतवार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अंकले पराजित गर्दै विजयी हासिल गरेको हो ।

नेपालको यो तेस्रो जीत हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बंगलादेशलाई हराएको थियो ।

जीतसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । ४ खेलमा ७ अंक जोड्दै नेपाल शीर्षस्थान रह्यो । समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रह्यो ।

समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अंक जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.