झापा लिग तथा नकआउट फूटबल : मेचीनगर र बुद्धशान्ति विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई १- ० गोल अन्तरले हराउँदै जारी लिगमा महत्त्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ।

आज भएको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरे ।खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै आज भएको पहिलो खेलमा म्यान अफ द म्याच बनेका बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले शानदार जित दर्ता गरेको छ ।
आज भएको खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको हो । जारी लिगमा आजसम्म यो नै ठुलो गोल अन्तरको जित हो।
मङ्सिर ११ गतेको खेल
पहिलो:शिव सताक्षी गापा विरुद्द अर्जुन नपा
दोस्रो:झापा गापा विरुद्ध गौरादह नपा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.