झापा जिल्ला लिग तथा नकआउट: झापा विजयी शिवसताक्षी र अर्जुनधाराले बाँडे अङ्क

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर ,मङ्सिर ११।खेलको ४९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गरेको गोलको प्रतिउत्तरमा खेलको ५९ औँ मिनेटमा शिवसताक्षीका हेमन लिम्बूले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो ।

योसँगै झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् ।
आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो ।
खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मोगाहाङ थोप्रा, सौजन्यकर्ता नितेश बर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यसैगरी आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हरायो ।
झापा गाउँपालिकाको तर्फबाट खेलको ६९ औँ मिनेटमा मर्गुस किस्कूूले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच झापाका मर्गुस किस्कू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापाका प्रमुख दुर्गाराज रेग्मी, र सौजन्यकर्ता दयाराज शर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.