झापा अन्तरपालिका लिग तथा नकआउट:गौरादह र शिवसताक्षी नगरपालिका विजयी

भद्रपुर,मङ्सिर १३ ।झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । गौरादहले कनकाईलाई ३–२ गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको १० औँ मिनेटमा गौरादहका तर्फबाट नविन श्रेष्ठले गोल गरे । त्यस्तै, खेलको ३० औँ मिनेटमा कुशल लिम्बू र ४७ औँ पुनः नविन श्रेष्ठले गोल गरेर जित निश्चित गरेका थिए ।
कनकाईका लागि ६३ औँ मिनेटमा अभिषेक राजवंशी र ६७ औँ मिनेटमा साहेब मुर्मूले गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको प्लेयर अफ दि म्याच गौरादहका नविन श्रेष्ठ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, समाजसेवी रोहित बुढाथोकी, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

 

पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन।समूह ख मा रहेका गौरादह र भद्रपुर ब्लेजर्सको समान ३ अंक भएको छ । तर, गोल अन्तरमा भद्रपुर ब्लेजर्स अगाडि छ । त्यस्तै, झापा गाउँपालिका ६ अंकका साथ शीर्ष स्थानमा छ । अंकविहीन रहेको कनकाई पुच्छरमा छ ।

 

यसैबीच, आज भएको दोस्रो खेलमा शिवसताक्षी नगरपालिका विजयी बन्यो । शिवसताक्षीले दमक नगरपालिकालाई २–० गोल अन्तरले हरायो ।
शिवसताक्षीका लागि पहिलो गोल ११ औँ मिनेटमा अन गोलमार्फत पुरस्कार प्राप्त भएको थियो । दोस्रो गोल ५३ औँ मिनेटमा आकाश पौडेलले गरेका थिए ।
खेलको प्लेयर अफ दि म्याच शिवसताक्षीका आकाश पौडेल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, समाजसेवी जगदीश जोशीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.