विश्वकप छनोटको तयारी गरिरहेको नेपाली फुटबल टिम पोखरातर्फ

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली राष्ट्रिय फुटबल टिम प्रशिक्षणका लागि पोखरा गएको छ। नेपाली टिम बिहीबार विहान पोखरा प्रस्थान गरेको हो।

गत महिनादेखि नेपाली टिमले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विश्वकप छनोटको तयारी गरिरहेको थियो।

एन्फा मैदानमा महिला राष्ट्रिय लिग सञ्चालन हुने भएपछि नेपाली टिम पोखरा गएको हो।

नेपाली टिमले पोखरा रंगशालामा प्रशिक्षण गर्नेछन्। हाल नेपाली टिमको प्रशिक्षणमा ४४ जना खेलाडी छन्।

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्दैछ।

नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।

नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम छ। यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ।

छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ।

‍नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

एन्फाको मंगलबार भएको साधारणसभाले २०७७ मा १० वटा कार्यक्रम र २०७८ मा २४ कार्यक्रम गर्ने प्रस्ताव पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.