झापा लिग तथा नकआउट: आज बुद्धशान्ति र अर्जुनधारा उपाधिको लागि भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर,मङ्सिर २४।भद्रपुरको मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका खेल्दै छन् ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको शुक्रवार भएको सेमिफाइनल खेलमा आआफ्ना प्रतिस्पर्धीहरुलाई हराउँदै दुवै पालिका टिमले फाइनलमा भेट पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि ५-१ गोल अन्तरको शानदार जित दर्ता गरेको थियो । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाई ३-१ गोल अन्तरले पन्छाएको थियो ।

प्रतियोगिताको फाइनल खेल आज मङ्सिर २४ गते दिउँसो २ बजे हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.