प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० शुरु, उद्घाटन खेलमा जोरसिमल विजयी

९ पौष, मेचीनगर ।झापाको मेचीनगर —७ मा सोमबारबाट प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । जोरसिमल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभएको थियो ।

उद्घाटन खेलमा आयोजक जोरसिमल युवा क्लब विजयी भएको छ । प्रतिस्पर्धी मोहन कित्ता फुटबल क्लबमाथि १ शुन्य गोल अन्तरले जोरसिमल विजयी भएको हो । खेलको दोस्रो हाफको २० मिनेटमा जोरसिमलका विकास दनुवारले गरेको गोल नै निर्णयक बन्यो । पहिलो हाफसम्म मोहन कित्ताले जोरसिमललाई आफ्नो दबावमा राखेको थियो ।

रणनीति बदलिएर मैदान छिरेको जोरसिमल दोस्रो हाफमा निक्कै आक्रमकरुपमा प्रस्तुत भएको थियो । खेलको म्यान अफ दि म्याच समेत घोषित दनुवारलाई युवा परिषद मेचीनगरका उपाध्यक्ष विवेक खवासले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गर्नुभयो । भोली मंगलबारको खेल घोडाजिन फुटबल क्लब मेचीनगर र ब्रर्दश फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष सञ्जय मेचेले जानकारी दिनुभयो ।

आगामी पौष १६ गते हुने प्रतियोगिताको फाइनल खेलको विजेता टिमले नगद ३१ हजार तथा उपविजेता टिमले नगद २१ हजार रुपैयाँसहित शील्ड तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ ।

खेलकुद स्थानीय सरकारको पहिलो प्राथामिकतामा

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न विधाका खेल स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँनुभएको छ । झापाको मेचीनगर —७ मा सोमबारबाट शुरु प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० शुरुको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख उप्रेतीले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हरेक खेलले मानिसलाई अनुशासीत बनाउने भएकाले खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन काम गरेको र खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिने उपप्रमुख उप्रेतीको भनाई थियो । खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँने उद्घेश्यले नगर स्तरीय खेलकुद विकास समिति गठन गरिएको उहाँको भनाई छ । खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको भन्दैं उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।

 

खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र बाँचुन्जेल उनीहरूको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्न आफुहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रतिवद्घता व्यक्त गर्नुभयो । यसका लागि आफूहरूले प्रदेश र संघीय सरकारसँग पहल गर्ने उहाँको भनाई थियो ।

 

उद्घाटन समारोहका विशिष्ट अतिथि मेचीनगर वडानम्बर—७ का वडाध्यक्ष प्रल्हाद ओलीले राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनीहरूको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने बताउँर्दै वडाध्यक्ष ओलीले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताउँनुभयो । खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने उहाँको भनाई थियो ।

 

आयोजक जोरसिमल क्लबका अध्यक्ष सञ्जय मेचेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत रविन्सन थापाले र सञ्चालन सचिव अभिशेक सार्कीले गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.