आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले बंगलादेशको छैटौं विकेट लिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा बंगलादेशविरुद्ध भएको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शाकिब अल हसनको विकेट लिएका हुन्।
११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई पौडेलले छैटौं सफलता दिलाएका हुन्। उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए।
यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका हु्न्। त्यसैगरी रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए।
त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए।दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए। सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए। टस हारेर ब्याटिङ गरेको बंगलादेशले १२ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ।