पथरी, माघ १५ । मोरङको पथरीमा जारी रिफ्युजी च्यालेन्ज कपको ५ औँ संस्करणको उपाधि आयाेजक युथ फ्रेन्डली सेन्टरले हात पारेको छ ।
बिहिबार भएको फाइनल खेलमा योङ ब्रदर्श शिरिजंगालाई २–० गोल अन्तरले परजित गर्दै वाइएफसीले उपाधि हात पारेको हो । वाइएफसीका लागि खेलको २२ औँ मिनेटमा जर्सी नं. ४ का बिक्रम लिम्बूले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । पनूः खेलको ६६ औँ मिनेटमा जर्सी नं. १० का निसान लिम्बूले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

यता खेल समयावधीभर पाएका थुप्रै अवसरहरुको सदुपयोग गर्न नसक्दा शिरिजंगाले नतिजा २–० गोल अन्तरमा सुम्पन बाध्य भयो ।
बिजेता वाइएफसीले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो । उपविजेतामा सिमित शिरिजंगाले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
आजको खेलको ‘म्यान अफ दि म्याच’ वाइएफसीका बिक्रम लिम्बू घोषित हुदैँ २ हजार ५ सय र मेडल हात पारे । खेलको ‘उत्कृष्ट गोल रक्षक’ वाइएफसीका छिरिङ तामाङ, ‘उदयीमान खेलाडी’ निरज परियार, ‘वेस्ट फर्वड ‘उमेश राई, ‘वेस्ट डिफेन्स’ पदम भट्टराई, ‘वेस्ट प्लेयर अफ दि टुर्नामेन्ट’ नविन गुरुङ, वेस्ट कोच ‘युवराज साङपाङ राई,’ ‘वेस्ट मिडफिल्डर’ शिरिजंगाका राजकुमार कन्दङ्वा र ‘सर्वाधिक गोल कर्ता’ शिरिजंगाका सन्तोष न्यौपाने घोषित हुदै जनही ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।
मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा भएको प्रयोगिता माघ २ गतेबाट सुरु भएर माघ १५ गते समापन भएको हो ।

























