कतारसँग खेल्ने भनिएको बाइल्याट्रल सिरिज स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं: कतारसँग माघ महिनाको अन्त्यमा हुने भनिएको बाइल्याट्रल सिरिज स्थगित हुने भएको छ।

कतारमा कोभिडका मामलाहरु थप भएपछि स्वास्थ्य सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले कडाइ गरेपछि आयोजकले सिरिज स्थगित गर्ने बारे क्यानलाई जानकारी दिएको हो।

सिरिजका लागि क्यानले खेलाडीहरुलाई आजबाट बन्द प्रशिक्षणमा बोलाएको थियो। सिरिजका लाग बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, सरद भेषवाकर लगायतका सिनियर खेलाडीहरुलाई बिश्राम दिएको थियो।

‘हिजो अस्तिदेखि कतारमा कोभिड संक्रमण बढेर सरकारले नयाँ नियमहरु ल्याएर कार्यक्रमहरु सबै स्थगित गर भनेर आयोजकलाई भनेपछि आयोजकले हामीलाई त्यो जानकारी गराउनु भएको छ,’ क्यानका सचिव प्याकुरेलले भने, ‘ उता उत्पन्न भएको स्थितिका कारण आयोजक बाट त्यो कुरा आइरहेको छ। स्थगित गराउने भन्ने कुरा भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.