फिफा विश्वविजेता गोलकिपर बुफोन नेपाल आउने

काठमाडौं : फिफा विश्वकप विजेता तथा इटालीका महान् गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन्। उनी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउन लागेका हुन्।

नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले सामाजिक सञ्जालमार्फत बुफोन नेपाल आउने पुष्टि गरेका छन्। उनका अनुसार फागुन १९ गते हुने केपी ओली कपको फाइनल खेलका लागि बुफोन दशरथ रंगशालामा उपस्थित रहनेछन्।

यसअघि आयोजक समितिले ब्राजिलका पूर्व स्टार खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई आमन्त्रण गर्ने प्रयास गरेको भए पनि उनीहरू विभिन्न कारणले आउन असमर्थ भएपछि बुफोनलाई निमन्त्रणा गरिएको हो।

२००६ को फिफा विश्वकप विजेता बुफोन इटालीका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्। उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन्, जसमा ८० खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए। उनले ५ वटा फिफा विश्वकपमा सहभागिता जनाएका थिए।

हाल ४७ वर्षका बुफोनले १० पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेका छन्। उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए, भने सन् २०२३ मा व्यावसायिक फुटबलबाट पनि सन्यासको घोषणा गरेका थिए।

नेपालमा आयोजना हुने केपी ओली कप फागुन ११ गतेदेखि सुरु हुँदैछ, जसमा २ विदेशी टोलीसहित ९ वटा टिमको सहभागिता रहनेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.