थण्डर-११ को शानदार जित, इण्डो-नेपाल टी-२० क्रिकेटको फाइनलमा प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर : झापाको मेचीनगर-४, बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थण्डर-११ ले उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ। यससँगै थण्डर-११ उपाधि नजिक पुगेको छ।

टस गुमाएर पहिले ब्याटिङ गरेको थण्डर-११ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको सानदार योगफल खडा गर्‍यो। टिमका लागि रोहित राजवंशीले विस्फोटक ब्याटिङ गर्दै ७३ रन जोडे। त्यस्तै, विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ रन, र विराट डाँगीले २० रनको योगदान दिए। बलिङतर्फ आयोजक बाहुनडाँगीका आयुश दाहाल र सन्तोष प्रधानले समान तीन-तीन विकेट लिए भने नाजिर हुसेनले दुई विकेट तथा रमन कार्की र निरोथ रोयले एक-एक विकेट झारे।

२०७ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाहुनडाँगी क्रिकेट क्लबको पारी २० ओभरभित्र १२९ रनमै समेटियो। आयोजक टोलीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए भने गणेश पौडेलले १७ रन र आयुश दाहालले १४ रनको योगदान दिए। तर, अन्य खेलाडीले प्रभावकारी प्रदर्शन गर्न नसक्दा आयोजक टोली सेमिफाइनलमै रोकियो।

बलिङतर्फ थण्डर-११ का विराट डाँगी, शिव राजवंशी, र एलिट राईले समान दुई-दुई विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेबापत थण्डरका रोहित राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए, जसले नगद १ हजार रुपैयाँसहित मायाको चिनो प्राप्त गरे।

फागुन २१ गतेबाट सुरू भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ। उपाधिका लागि पेनोरिस-११ र थण्डर-११ प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्नु रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.